एसएमएस फ्रेन्डसिप कपको उपाधिका लागि नेपालले आज गुजरातसँग खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेटको उपाधिका लागि आज गुजरातसँग खेल्दैछ । खेल गुजरातको वापीमा दिउँसो पौने ३ बजे शुरु हुनेछ ।

लिग चरणमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । नेपालले पहिलो खेलमा गुजरातनलाई आठ विकेटले र दोस्रो खेलमा बरोडालाई २७ रनले हराएको थियो ।

त्यस्तै तेस्रो खेलमा गुजरातलाई आठ रनले हराएको थियो भने अस्ति शुक्रबार भएको खेलमा नेपाल बरोडासँग ३७ रनले पराजित भएको थियो ।

गुजरातले बरोडालाई ५७ रन र पाँच विकेटले हराएर फाइनल खेल्न लागेको हो । नेपाली टोली एसीसी प्रिमियर कप र टी–२० विश्वकपको तयारीका लागि भारत भ्रमणमा गएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय