गुजरातलाई हराउँदै ‘एसएमएस फ्रेन्डसिप कप’ को उपाधि नेपाललाई

काठमाडौं । ‘एसएमएस फ्रेन्डसिप कप’ को उपाधि नेपालले जितेको छ । फाइनलमा गुजरातलाई १८ रनले पराजित गर्दै नेपालले सिरिज जितेको हो । खेल भारतमा भएको हो ।

नेपालले दिएको १७७ रन लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्र बनाउन सक्यो । गुजरातका लागि कप्तान उमङ्ग रोहित कुमारले सर्वाधिक ४० रन जोडे । यस्तै आर्य देसाईले २४ बलमा ३६ रन बनाए । रुद्र मयूर पटेलले १७ रन बनाए भने जयमित पटेलले १५ रन जोडे ।

नेपालको जितमा अविनाश बोहोराले उत्कृष्ट बलिङ गरे । बोहोराले ३ तथा दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । यस्तै करन किसी र कुशल मल्लले समान १–१ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले गुजरातलाई १७७ रनको लक्ष्य दिएका थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय