एमाले नेता महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता

काठमाडौं । एमालेका नेता महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ ।

मुलुकी अपराध संहिता–२०७४ अनुसार उनी विरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी दर्ता भएको हो ।

एमालेमा सङ्गठित ३१ वर्षीय युवतीले उनलाई भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएकी हुन् ।

पीडितले हुलाकमार्फत पठाएको जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले बताएक छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर