तोलामा ६०० रुपैयाँले बढेर सुनको मूल्यले आज पनि बनायो रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर कारोबार भएको छ । निरन्तर उकालो लाग्दै आएको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।

चाँदी प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ६७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय