काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किंग्सले कोलकाता नाइट राइडर्सविरुद्ध ७ विकेटको जित निकालेको हो।
कोलकाताले दिएको १३८ रनको सामान्य लक्ष्य चेन्नाईले १७ दशलमः ४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। चेन्नाईको जितमा कप्तान रुतुराज गाइक्वाडले अविजित रहँदै ५८ बलमा ९ चौका सहित ६७ रन बनाए। शिभम दुबेले २८ तथा ड्यारिल मिचेलले २५ रन बनाउँदा रचिन रवीन्द्रले १५ रन जोडे। यस्तै महेन्द्र सिंह धोनी ३ बलमा १ रन बनाउँदै नटआउट रहे।
जित सँगै चेन्नाई ५ खेलमा ३ जित सहित तालिकाको चौथो स्थानमा छ। कोलकाता भने चौथो खेलमा पहिलो हार बेहोर्दै दोस्रो स्थानमा यथावत् छ।
आईपीएलमा आज पञ्जाब किंग्स र सनराईजर्स हैदराबाद भिड्ने छन्।