काठमाडौँ । सेयर बजार परिसूचक नेप्से आज ९ अंकले बढेको छ । यो साताको पहिलो कारोबार दिन २२ अंकमाथिले नेप्से बढेर सुखद सुरुवात भएकोमा दोस्रो कारोबार दिन मंगलबार थप ९।१४ अंकले बढ्दै नेप्से सूचक २ हजार ३६।०१ अंकमा उक्लिएको हो ।
अघिल्लो दिन सोमबार भने सार्वजनिक बिदा परेकाले बजार बन्द रहेको थियो ।
नेप्से सूचकसँगै कारोबार समेत राम्रो भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँ बराबरको ९७ लाख ८९ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । मंगलबार सबैभन्दा बढी सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८ करोड ८ दाख १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।