काठमाडौं । हाम्रो नयाँ कृषि सहकारी ठगी प्रकरणमा उपाध्यक्ष लिलाबहादुर गुरुङसहित तीनजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तीन जनालाई पक्राउ गरेर ठगीको कसुरमा अनुसन्धान अघि बढाएको छ ।
सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञावालीका अनुसार पक्राउ पर्नेमा उपाध्यक्ष गुरुङसहित कोषाध्यक्ष नवीन अछामी र सञ्चालक समितिका सदस्य रामहरि अधिकारी छन् । उनीहरूलाई काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरिएको ज्ञावालीले जानकारी दिए ।
यस सहकारीका अध्यक्ष भने गितेन्द्रबाबु (जीबी) राई छन् । उनी फरार सूचीमा छन् ।

