काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले पञ्जाव किंग्सलाई झिनो अन्तरले हराएको छ। अन्तिम ओभरमा जितका लागि २९ रन चाहिएका बेला पञ्जाबले २६ रन बनायो र २ रनको झिनो हार बेहोर्यो।
चण्डीगढमा पञ्जावले टस जितर फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो। हैदराबादका लागि युवा ब्याटर नीतिश रेड्डीले ३७ बलमा ४ चौका र ५ छक्कासहित ६४ रनको अर्धशतकीय योगदान दिए।
हैदराबादका भुवनेश्वर कुमारले २ विकेट लिए। यससँगै ५ खेलमा ३ जितसहित ६ अंक जोडेको हैदराबाद पाँचौं स्थानमा छ भने समान खेलमा ४ अंक जोडेको पञ्जाब छैटौं स्थानमा छ।
आईपीएलमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स भिड्नेछन्।