कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलले आज शपथ ग्रहण गर्दै

काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।

प्रदेश प्रमुख तिलक परियारले आज दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

कँडेल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। आज मुख्यमन्त्रीले मात्र शपथ लिने र मन्त्रिपरिषद विस्तार नहुने एमाले कर्णालीका प्रमुख सचेतक टेकराज पछाइले जानकारी दिए। माओवादी केन्द्रका प्रमुख सचेतक रनसिंह परियाले एमाले र माओवादीबीच मन्त्रालय भागबण्डा टुंगो लागेको दाबी गर्दै आज माओवादी संसदीय दलको बैठक बसेर मन्त्री पठाउने टुंगो लाग्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय