अनुसन्धानबिना समृद्धि, विकास र समाजवादको कल्पना गर्न नसकिने स्वास्थ्यमन्त्रीको भनाइ

काठमाडौं। उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले वैज्ञानिक अध्ययन अनुसन्धानबिना समृद्धि, विकास र समाजवादको कल्पना गर्न नसकिने बताएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको १०औँ राष्ट्रिय शिखर सम्मेलनमा उनले उक्त कुरा बताएका हुन्।

देश र समाज अनुकूल नीति निर्माणका लागि अनुसन्धानबाट प्राप्त तथ्य तथ्यांकको महत्त्वपूर्ण स्थान रहेको मन्त्री यादवको भनाइ थियो। अनुसन्धानले दिगो विकासको मूल सिद्धान्तअनुरूप स्वास्थ्य क्षेत्रमा विद्यमान असमानतालाई सम्बोधन गर्दै समताको प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए।

‘स्वास्थ्य क्षेत्रमा तथ्यफरक नीति निर्माण गर्न र दिगो विकासको लक्ष्य हासिल गर्न अनुसन्धानको महत्त्वपूर्ण भूमिका हुन्छ। स्वास्थ्य अनुसन्धानले महत्त्वपूर्ण तथ्य प्रमाणका आधारमा विश्वव्यापी स्वास्थ्य चुनौतीको सामना गर्दै दिगो विकासका लक्ष्य प्राप्त गर्न हाम्रा प्रयासलाई मार्गदर्शन गर्दछ। स्वास्थ्य अनुसन्धानले हामीलाई उदयमान स्वास्थ्य क्षेत्रका नयाँ प्रविधि र समस्या पहिचान गरी समयमा सम्भावित विकल्पको आकलन गर्न सक्षम बनाउँछ,’ उनले भने, ‘अनुसन्धानले दिगो विकासको मूल सिद्धान्तअनुरूप स्वास्थ्य क्षेत्रमा विद्यमान असमानतालाई सम्बोधन गर्दै समताको प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय