२ सयले घटेर सुन आज तोलामा एक लाख ३६ हजार ६ सयमा कारोबार हुँदै

काठमाडौं । सुनको मूल्य आज घटेको छ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन तोलामा एक लाख ३६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन प्रतितोला एक लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय