काठमाडौं । अध्ययन र रोजगारीका शिलशीलामा पछिल्लो समय विदेशीनेको संख्या अत्यधिक बढेको छ । विशेषगरि अध्ययनको लागि अष्ट्रेलिया, क्यानडा, जापान जानेको संख्या धेरै छ ।
अन्तर्राष्ट्रिय विद्यार्थी लक्षित कडा आप्रवासन नीति लागु गरेसँगै अष्ट्रेलिया अध्ययनका लागि अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा आवेदनमा गिरावट देखिन थालेको छ ।
फाइनान्सियल रिभ्युका अनुसार डिसेम्बरदेखि फेब्रुअरीबीचमा पछिल्लो दुई वर्षमै सबैभन्दा बढी भिसा आवेदनमा गिरावट देखिएको छ । अष्ट्रेलिया सरकारको पछिल्लो तथ्याङ्क अनुसार पनि भिसा अनुमोदन दर पनि घटेर ८१ प्रतिशत भएको छ ।