एजेन्सी । आईपीएल क्रिकेटमा मुम्बई इंडियन्सले रोयल च्यालेन्जर्स बेंगलूरु आरसीबीविरुद्ध शाननदार जित निकालेको छ। दोस्रो जित दर्ता गर्ने क्रममा मुम्बईले आरसीबीलाई ७ विकेटले हरायो।
आरसीबीले दिएको १९७ रनको विशाल लक्ष्य मुम्बईले मात्र १५ दहलाव ३ ओभरमा ३ विकेट गुमाएर भेटायो। मुम्बईका लागि ओपनर इशन किशनले ३४ बलमा ७ चौका र ५ छक्का सहित सर्वाधिक ६९ रन बनाए। यस्तै सूर्यकुमार यादवले १९ बलमा ५ चौका र ४ छक्का सहित ५२ रनको विष्फोटक इनिङ खेले।
जित पछि मुम्बई ५ खेलमा ४ अंक सहित सातौं स्थानमा छ। आरसीबी भने ६ खेलमा २ अंक सहित पुछारबाट दोस्रो छ।
प्रतियोगितामा आज लखनऊ सुपर जाएन्ट्स र दिल्ली क्यापिटल्स भिड्ने छन्।