सुनको मूल्य आज तोलामा १ लाख ३९ हजार रुपैयाँ पुग्यो, अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च बनेको छ । हिजो तोलामा २ सय रुपैयाँ घटेको सुन आज प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेको छ ।

हिजो प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामै ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७५० कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय