नेपालले आज मलेसियासँग प्रतिष्पर्धा गर्दै

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा आज नेपालले मलेसियासँग खेल्दैछ । ओमानको अल अमिरातमा आज शुरु हुने प्रतियोगितामा नेपालले पहिलो खेल सवा ४ बजे मलेसियासँग खेल्न लागेको हो । नेपाल गएको वर्षको विजेता हो ।

घरेलु मैदानमा भएको प्रतियोगितामा नेपालले फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । मलेसिया भने समूह चरणबाटै बाहिरिएको थियो । समूहको पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । मलेसियाले कतार र साउदीलाई पराजित गरेको थियो ।

एसीसी प्रिमियर कप क्रिकेटमा आज एकैदिन चार वटा खेल हुँदैछन् । बिहान पौने १२ बजे ओमान र बहराइन तथा यूएई र कुवेतबीच खेल हुनेछ । यस्तै सवा ४ बजे हङकङ र कतार खेल्नेछन् ।

प्रतियोगितामा नेपालले दोस्रो खेलमा भोलि शनिवार कतारसँग, वैशाख ३ गते सोमवार हङकङसँग र वैशाख ४ गते बुधवार समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नेछ । आजदेखि शुरु हुने प्रिमियर कप वैशाख ९ गतेसम्म चल्नेछ ।

एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स ९यूएई० छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय