काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मलेशियालाई ५ विकेटले पराजित गरेको छ।
ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै मलेशियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १४३ रन बनाउँदै जितका लागि दिएको १४४ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेटको क्षतिमा पूरा गर्दै खेल जितेको हो।
पावरप्लेमा नेपालले जम्मा ४० रनमात्र बनायो। ओपनर कुशल भुर्तेल कुल स्कोर ७ओभर ५ बलमा ४९ रन हुँदा पवनदीप सिंहको बलमा एलबीडब्ल्यू भए। उनले २४ बल खेलेर ३ चौकाको मद्दतबाट २४ रन बनाए। एसीसी प्रिमियर कपको विजेताले एशिया कपमा स्थान बनाउनेछ।