लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले विश्वासको मत पाए

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गरेका छन्। आज प्रदेशसभामा भएको विश्वासको मत प्रस्तावमा जम्मा उपस्थित सांसद ८६ मध्ये महराको पक्षमा ४८ मत र विपक्षमा २८ मत परेको हो।

केन्द्रमा फेरिएको सत्ता समीकरण र राजनीतिक परिवर्तनसँगै लुम्बिनी प्रदेशको पनि नेतृत्व फेरिएपछि संवैधानिक रूपले मुख्‍यमन्त्री महराले विश्वासको मत लिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय