सिड्नीस्थित एक सपिङ मलमा एक व्यक्तिको छुरा प्रहारबाट ६ जनाको मृत्यु

सिड्नी । अस्ट्रेलियाको सिड्नीस्थित एक सपिङ मलमा एक व्यक्तिले छुरा प्रहार गर्दा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । उक्त घटनामा नौ महिनाको बच्चासहित कयौं गम्भीर छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रहरीको गोली लागेर छुरा प्रहार गर्ने आक्रमणकारीकोसमेत मृत्यु भएको घटनास्थल बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै प्रहरी अधिकारीहरूले बताएका छन्।

सो स्थानमा आक्रमणको घटनासँगै मानिसहरूको भागाभाग मच्चिएको थियो अहिले प्रहरीले व्यापक कारबाही गरिरहेको छ। घटनाको अनुसन्धान भइरहेको छ । यस्तै घटनाप्रति प्रधानमन्त्री एन्थोनी अल्बानिजीले दुख व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय