काठमाडौंमा आज नयाँ वर्षको दिन स्कुटर दुर्घटनामा एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंमा आज नयाँ वर्षको दिन स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–३२ कोटेश्वरनजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो।

दुर्घटनामा स्कुटरचालक काठमाडौं पेप्सिकोला बस्ने ५२ वर्षीय रामशरण केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय