काँग्रेस सहकारी पीडितका पक्षमा उभिइरहनुपर्ने देउवाको भनाइ

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सुशासन र सहकारी पीडितका पक्षमा रहेको बताएका छन्। आइतबार बसेको पार्टी संसदीय दल बैठकमा उनले काँग्रेस सहकारी पीडित र सुशासनको पक्षमा दृढतापूर्वक उभिएपछि सरकारले संसद नै बन्द गरेको आरोप लगाएका हुन्।

काँग्रेसले उठाएको माग पार्टीगत नभई लाखौं सहकारी पीडितको अर्बौं बचत हिनामिनाको विषय भएको उनले बताए। ‘यस्तो गम्भीर विषयलाई संसदीय छानबिन समिति बनाई यथार्थ विषयवस्तु बाहिर ल्याउन माग गरिएकोमा यसलाई सरकारले छल्ने उद्देश्यले संसदनै बन्द गर्ने निर्णय गरेको छ,’ देउवाले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय