एसीसी प्रिमियर कपमा नेपालले आज हङकङसँग खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले आज हङकङसँग खेल्दैछ। खेल नेपाली समय अनुसार पौने १२ बजे ओमानको अल अमारात क्रिकेट मैदानमा हुनेछ। ​

साविक बिजेता नेपाल अपराजित छ। आजको खेल जित्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्न चाहन्छ। नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र कतारलाई ३२ रनले पराजित गरेको थियो।

हङकङ भने साउदी अरबसँग पराजित भएको छ। आइतबार भएको खेलमा साउदीले हङकङलाई ५५ रनले हराएको थियो। पहिलो खेलमा हङकङले कतारलाई २६ रनले पराजित गरेको छ। ​

हङकङविरुद्धको टी–२० क्रिकेटमा नेपालले हालसम्म खेलेका ११ मध्ये ६ खेलमा जित हात पारेको छ भने चार खेले हङकङले जितेको छ। एक खेलमा नतिजाविहीन भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय