गुल्मीको मुसिकोटमा आगो निभाउने क्रममा लडेर एकको मृत्यु, एक जना घाइते

गुल्मी । गुल्मीको मुसिकोटमा आगो निभाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मुसिकोट नगरपालिका वडानम्बर–१ तल्लो पौदी स्थित सर्बोदय माविको जग्गाको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तिको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलका अनुसार आगो निभाउने क्रममा घाइते घर्तिको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सोहि ठाउँमा आगो निभाउने क्रममा ५२ वर्षका रेशम थापा घाइते भएका छन् ।

घाइते थापाको गुल्मी अस्पतालमा उचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय