काठमाडौं । आज चैत्र शुक्ल अष्टमी । नवदुर्गाको पूजाआराधना गरी चैते दशैं पर्व मनाइँदैछ ।
बासन्ती नवरात्रको आठौं दिन आज देशभर चैतेदशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । हनुमानढोकामा आज बली दिएर पूजा गर्ने चलन छ ।
काठमाडौंमा गुह्येश्वरी, भद्रकाली, नक्सालभगवती, शोभाभगवती, मैतीदेवी र दक्षिणकाली लगायत काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती, गोरखाको मनकामना, बाँकेको बागेश्लवरी आदि शक्त्पिीठहरुमा बिहानैदेखि घुइँचो लागेको छ ।
यस्तै बासन्ती नवरात्रको नवमीको दिन त्रेता युगमा अयोध्यामा मर्यादा पुरुषेत्तम श्रीरामको जन्म भएको विश्वासका साथ रामनवमीका रुपमा मनाउने गरिन्छ ।