तोलामा १७ सयले बढेर सुनको मूल्य आज १ लाख ३९ हजार दुई सयमा कारोबार हुँदै

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य वृद्धिसँगै छापावाल सुन तोलामा १ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ५०० रुपैयाँ थियो ।

यो साताको आइतबार सुनको मूल्य तोलामा १ लाख ३६ हजार ८०० रुपैयाँ थियो । मंगलबारको मूल्य हालसम्मकै उच्च हो ।

यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा १७ सय ५० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य तोलामा १७ सय १५ रुपैयाँ कायम थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय