युक्रेनमा सैनिकसहित करिब ३७ हजार व्यक्ति बेपत्ता

एजेन्सी । युक्रेनले सन् २०२२ को फेब्रुअरीमा रूसको आक्रमण शुरु भएयता सैनिकसहित करिब ३७ हजार व्यक्ति बेपत्ता रहेको जनाएको छ । बालबालिका, सर्वसाधारण र सेना गरी करिब ३७ हजार मानिस बेपत्ता भएको युक्रेनका मानव अधिकार आयुक्त दिमित्रो लुबिनेट्सले बताए।

युक्रेन र रेडक्रसले सन् २०१४ मा मस्को समर्थित पृथकतावादीसँग युद्ध शुरु भएयता रूसले गैरकानुनी रूपमा हिरासतमा लिएका करिब एक हजार ७०० व्यक्तिको पहिचान गरेको उनले बताए।

मानव अधिकारवादी समूहले रूसले कब्जा गरेको क्षेत्रमा बालबालिकालाई जबर्जस्ती बेपत्ता पारेको र अपहरण गरेको आरोप लगाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय