गायिका एलिना चौहानले गरिन् बिहे

काठमाडौं। गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग बिबाह गरेकी छन्। उनले झापाको बिर्तामोडमा बुधबार विवाह गरेकी हुन्। विष्णु दुलाहा बनेर एलिनालाई लिन बागलुङबाट झापा पुगेका हुन्।

विवाहमा केही कलाकार र आफन्त उपस्थित भएका छन्। यो जोडीले दुई वर्ष लामो प्रेमलाई विवाहमा परिणत गरेको हो। एलिनाका अनुसार विष्णु अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय