एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपीएल) दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ।
दिल्लीसँग गुजरात टाइटन्स ६ विकेटले पराजित भयो। गुजरातले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले ६७ बल बाँकी रहँदा ४ विकेट गुमाएर भेट्याएको हो ।
७ खेलमा समान ६ अंकसहित दिल्ली छैटौं र गुजराज सातौं स्थामा छन्। शीर्षस्थानको राजस्थान रोयल्सको १२ अंक छ। आइपीएलमा आज पन्जाब किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ।

