एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाब किङग्सलाई ९ रनले हराएको छ । पञ्जाबका आशुतोष शर्माले ६१ रन बनाए पनि टोलीको हार टार्न सकेनन् ।
मुम्बइका सूर्य कुमारले अर्धशतकीय पारी खेले । जितका लागि एक सय ९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९ ओभर एक बलमा एक सय ८३ रनमा अलआउट भयो ।
७ खेलमा मुम्बईको यो तेस्रो जित हो । मुम्बई ६ अङ्कसहित सातौँ स्थानमा छ । समान खेलमा पञ्जाब ४ अङ्कसहित नवौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किंग्स खेल्दैछन् ।
यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे लखनउमा शुरु हुनेछ ।

