काठमाडौं। काठमाडौंका विभिन्न ठाउँमा आज साढे दुईदेखि नौ घण्टासम्म बिजुली कटौती हुने भएको छ। लाइन सिफ्टिङ तथा केबल परिवर्तनका लागि फिडर सटडाउन गर्नुपर्ने भएकाले बिहान ८ बजेदेखि साढे साँझ ५ बजे सम्म सेवा अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।
सूचना अनुसार रत्नपार्कको वितरण केन्द्रको अनामनगर, जोरपाटी वितरण केन्द्रको मुलपानी र डांछी फिडरअन्तर्गत पर्ने ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । सो क्षेत्रमा पर्ने लोकसेवा कार्यालयको पानी ट्याङ्की, सिंहदरबारको पूर्वी गेट अनामनगर हुँदै न्युरो हस्पिटल, प्रभु बैंकका साथै धोबीखोलादेखि मैतीदेवी, घट्टेकुलो क्षेत्रमा साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।
त्यसैगरी, प्राधिकरणका अनुसार डांछी फिडरअन्तर्गत शिवचोक, अर्याल गाउँ, दक्षिण ढोका, होटल नोर्लिङ,ग्रिन हिल सिटी क्षेत्रमा बिहान १० बजेदेखि मध्याह्न साढे १२ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ । प्रधिकरणका अनुसार उल्लेखित क्षेत्र बाहेक मूलपानी फिडरअन्तर्गत बाबाचोक, मूलपानी चउर, मिलन चोक, फुयाँल गाउँ, तिवारी टोल, गोकर्ण फरेस्ट रिसोर्ट, थलीलगायतका स्थानमा विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।