काठमाण्डौ – एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत नेपालले खराब प्रदर्शन गरेको छ । नेपाललाई चार विकेटले हराउँदै हङकङ एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । नेपालले दिएको एक सय ४० रनको लक्ष्य हङकङले १९ दशमलब तीन ओभरमा छ विकेट गुमाएर भेटायो ।
हङकङका लागि अशुंमान रथले अविजित ६५ रन बनाए । यस्तै बाबर हयातले २६ रन बनाए । नेपालका लागि सोमपाल कामीले तीन तथा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए ।