गुल्मीमा भएको आगलागीमा इस्माका झन्डै ४० वटा घरगोठ जलेर नष्ट, दुई जना घाइते

काठमाडौं । गुल्मीमा भएको आगलागीमा ठुलो क्षती भएको छ । जिल्लाको इस्मा गाउँपालिकामा आगलागीबाट झन्डै ४० वटा घरगोठ जलेका छन् । वडा नम्बर २ र ४ मा आगलागीले क्षति गरेको हो ।


आगलागीमा परेर इस्मा–१ का हिमाल राना र मुसिकोट नगरपालिका–७ का प्रेम राना घाइते भएका छन् । उनीहरुको पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलले जानकारी दिए । जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि घर र गोठ जलेको प्रहरीले भनाई छ । डढेलो पूर्णरुपमा नियन्त्रणमा आइनसकेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय