गुल्मी इस्मामा भएको जीप दुर्घटनामा एक जना घाइते

गुल्मी । गुल्मीमा भएको जीप दुर्घटनामा एक जना घाइते भएका छन् ।

इस्मा गाउँपालिका वडा नम्बर २ ताल्तुङमा लु १ ज ४७२९ नम्बरको जीप दुर्घटना हुँदा चालक २५ वर्षीय ओमबहादुर सारु घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

घाइतेको अवस्था सामान्य रहेको र उनको उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले बताएको छ । जीप सडकबाट ५ मिटर तल खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर