सुनको मूल्य आज कति ?

काठमाडौं । नेपाली बजारमा सुन गत शुक्रबारकै मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । गत शुक्रबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको छ । शुक्रबारको तुलनामा चाँदीको मूल्य तोलामा २० रुपैयाँ वृद्धि भएको हो ।

यसअघि चैत ३० गते चाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । सो दिन चाँदी एक हजार ७५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय