विकल पौडेलविरुद्ध विशेष अदालतमा अर्को मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ ।

अख्तियारले पौडेलविरुद्ध अमेरिकाको पीआर लिएर पनि सरकारी सेवा सुविधा लिएको आरोपमा आइतबार मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

‘विदेशी मुलुकको स्थायी बसोबास अनुमति प्राप्त व्यक्ति भए पनि नेपालमा राष्ट्र सेवकको ओहदामा लाभ र सुविधा लिएको अभियोगमा अख्तियारले पौडेलविरुद्ध मुद्दा दर्ता गरेको हो’, अख्तियारका अधिकारीको भनाइ छ ।

अख्तियारले यसभन्दा पहिला पनि पावर सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज ट्याङ्कको खरिदमा अनियमितता गरेको आरोपमा २ अर्ब ६९ करोडको मुद्दा हालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय