ओलीको स्वास्थ्यमा अचानक समस्या देखियो

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अचानक समस्या देखिएको छ । हिजोदेखी गोदावरीमा सुरु भएको एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक जारी रहेको बेला अकस्मात ओली अस्वस्थ भएका हुन् ।

सचिवालयका अनुसार ओलीलाई केहिदिन अघीदेखी रूखाखोकी लागेको थियो। आज थप समस्या आएपछी अहिले ओलीले निवासमै आराम गरिरहेका छन् । ओली अस्वस्थ भएपछि जारी बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय