राष्ट्रिय सभा उपाध्यक्ष पार्टीको जिम्मेवारीबाट अलग्गिइन्

काठमाडौं। राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छिन्। राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले आइतबार प्रेस विज्ञप्ति जारी गरेर पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन्।

उनले आफू सो पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्दै पार्टीको जिम्मेवारीबाट अलग भएको समेत बताइन्। उनले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा रहेर संविधान, प्रचलित कानूनहरु र राष्ट्रिय सभा नियमावलीले निर्देशित कामहरू तटस्थ र निष्पक्षताका साथ निर्वाह गर्ने प्रतिबद्धता समेत जनाएकी छन्।

उपाध्यक्ष घिमिरे गत चैत्र २८ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। उनी राष्ट्रिय सभा सदस्य पदमा नेकपा(एमाले)को तर्फबाट निर्वाचित भएकी हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय