नक्कली भुटानी शरणार्थी प्रकरणमा १० प्रतिवादीको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका १० प्रतिवादीको रिट आइतबार पनि सर्वोच्च अदालतको ‘हेर्दाहेर्दै’मा परेको छ ।

अभियुक्त आङ्टावा शेर्पाले गत माघ १४ मा बन्दिप्रत्यक्षीकरण रिट दायर गरेपछि बाँकी नौजना अभियुक्तले क्रमशः बन्दिप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

गत फागुन ९ गते न्यायाधीश नहकुल सुवेदीको इजलासले कारण देखाउ आदेश जारी गरेको मुद्दा त्यसपछि लगातार तीनपटक हेर्न नमिल्नेमा परेका थियो । पाँचौँ पेसीमा न्यायाधीशद्वय डा। मनोजकुमार शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कागजात झिकाउने आदेश गरेको थियो । १३औँ पेसी चैत २५ पछि न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले हेर्दाहेर्दैमा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर