काठमाडौं । नेपाली कथानक चलचित्र ‘पुजार सार्की’ को पहिलो गीत बजारमा आएको छ । ‘दर्शन गरे’ बोलको कौडा गीत सार्वजनिक भएको हो ।
चलचित्रमा कलाकारहरु आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह,अन्जना बराइली र पतिक्षा लिम्बुको मुख्य भुमिका रहेको छ । दिनेश राउतको निर्देशन रहेको उक्त चलचित्रको गीतमा
हर्क साउँदको शब्द रहेको गीतमा सुभाष भुषालले संगीत दिएका छन्। प्रकाश सपुत र शान्तिश्री परिवारको स्वर रहेको छ ।

