मदन भण्डारीको हत्यारा किन नखोजेको भन्दै एमालेसँग देउवाको प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा किन नखोजेको भन्दै एमालेसँग आक्रोश पोख्दै प्रश्न गरेका छन् ।

कम्युनिष्ट पार्टीको हिरक जयन्तीको अवसरमा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले कांग्रेसलाई जति गाली गरेपनि एमालेले पटक पटक सरकारको नेतृत्व गर्दा र मदनकै पत्नी विद्यादेवी भण्डारी दुई–दुईपटक राष्ट्रपति बन्दासमेत मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको एमालेकै कार्यक्रममा गएर भनेका हुन ।

देउवाले भने “म आज मदन भण्डारीको विषयमा बोल्न आएको थिएँ तर कांग्रेसलाई गाली गर्नसम्म गर्नुभयो। अब मैले जवाफ दिन परिहाल्यो, मलाई गाली गरेको ग¥यै गर्नेले मदन भण्डारीको हत्यारा खोज्न किन सक्दैनरु मदन भण्डारीको हत्यारा को हो पहिला पत्ता लगाउनुस्। मदन भण्डारीको ड्राइभर पनि मारियो। मार्ने को हो अहिलेसम्म किन पत्ता लागेन?”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय