कतारका राजालाई स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडल कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने भएका छन् । राष्ट्रपति पौडेलेको निमन्त्रणमा कतारका अमिर थानी दुई दिने नेपाल भ्रमणको सिलसिलामा भोलि मंगलबार काठमाडौं आउँदै छन् ।

कतारका अमिरलाई स्वागत गर्न राष्ट्रपति पौडेल मंगलबार विमानस्थल जाने उनका प्रेस सल्लाहकार किरण पोखरेलले पुष्टि गरे । कतारका अमिर थानी मंगलबार बंगलादेशको ढाका हुँदै दिउँसो साढे ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई राष्ट्रपति पौडेलले स्वागत गर्नेछन् ।

नेपाल आएलगत्तै कतारका अमिर राष्ट्रपति कार्यालय शीतलनिवास जाने कार्यक्रम रहेको छ । शीतलनिवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबीच नेपाल–कतार द्विपक्षीय सम्बन्धमा छलफल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय