गुल्मीमा सोलार प्यानल पड्किँदा आगलागी, इस्मा बुल्ममा घरगोठ जल्यो

काठमाडौं । गुल्मीमा सोलार प्यानल पड्किँदा आगलागी भएको छ । उक्त आगलागीबाट इस्मा गाउँपालिका–६ बुल्ममा घरगोठ जलेर नष्ट भएको छ । मोटे कुमालको २ तले कच्ची घर, गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

घरमा जोडिएको सोलारको प्यानल पड्किएर आगोलागी हुँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, काठदाउरा, भाडाकुडा सबै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।

आगलागीबाट एउटा बाख्रा पनि जलेको प्रहरीले जनाएको छ । पछिल्लो एक साताभित्र आगलागीबाट इस्मामा मात्रै ठूलो क्षति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय