काठमाडौं । बहुचर्चित कलाकार दिलीप रायमाझीकी छोरी अभिनित चलचित्र ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ । आज मंगलबार बिहान ललितपुरको भैसेपाटीस्थित कार्य विनायक मन्दिरमा हवन यज्ञ गर्दै फिल्मको मुहूर्त गरिएको हो ।
फिल्मको शुभ मुहूर्तमा मुख्य कलाकारहरू प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, दिव्य देव, सुशील सिटौला लगायत उपस्थित थिए ।
दिव्या रायमाझीले यस चलचित्रबाट डेभ्यु गर्दै छिन् । फिल्ममा उनको जोडी प्रदीपसँग बाँधिनेछ ।