रञ्जिताले भनिन्, रेशम हत्या मुद्दामा दोषी ठहर भएकाले अध्यक्ष बन्न अयोग्य

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा पछिल्लो समय देखिएको विवाद उत्कर्षमा पुगेको छ । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले श्रीमान समेत रहेका रेशम चौधरी हत्या मुद्दामा दोषी ठहर भएकाले पार्टीको अध्यक्ष बन्न अयोग्य रहेको जवाफ सर्वोच्च अदालतलाई दिएकी छन्।

निर्वाचन आयोगले गत फागुन २४ गते नाउपा अध्यक्ष रेशम चौधरी रहेको विवरण अद्यावधिक गर्न अस्वीकार गरेको थियो। त्यस्तै चौधरी आयोजक समिति अध्यक्ष भएर गरेको महाधिवेशन पनि अस्वीकार गरेको थियो।

उक्त निर्णय विरूद्ध चौधरीले सर्वोच्चमा रिट दिएका थिए। उनले आफूलाई अध्यक्ष बनाउन माग गर्दै दिएको रिटमा सर्वोच्च अदालतले माग अनुसारको आदेश किन जारी नगर्ने भन्ने कुराको लिखित जवाफ बुझाउन विपक्षीहरूलाई आदेश दिएको थियो।

सोही आदेश अनुसार सर्वोच्चलाई लिखित जवाफ दिँदै श्रेष्ठले टीकापुर प्रकरणमा व्यक्ति हत्याको अभियोगमा दोषी ठहर भएकाले न उनको माग बदरभागी रहेको जिकिर गरेकी हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय