सहकारीमा बचत जनताको पैसा जसरी पनि फिर्ता हुन्छ: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिने बताएका छन्।

इलामकोमा आज आयोजित चुनावी सभामा रास्वपाका सभापतिसमेत रहेका लामिछानेले नीति ल्याएर, कानुन बनाएर वा संशोधन गरेर भए पनि जनताको पैसा फिर्ता हुने वातावरण सरकारले बनाउने बताएका हुन्।

लामिछानेले पुराना दलहरूले आफूहरूलाई घेराबन्दी गर्न थालेको तर त्यसलाई तोडेर छोड्ने दृढता व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय