एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ।
गएराति एमए चिदम्बरम् स्टेडियममा सम्पन्न खेलमा चेन्नईले दिएको २११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदा नै ४ विकेट गुमाउँदै २१३ रन बनाएर विजयी भएको हो।
जितसँगै लखनउ शीर्ष चारमा उक्लिएको छ। आठ खेल खेलेको लखनउको १० अंक रहेको छ। पराजित चेन्नई समान खेलबाट ८ अंक जोड्दै पाँचौँ स्थानमा छ । आज बुधबार दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स भिड्नेछन्।