गुल्मीको रूरूक्षेत्रको खरबारीमा सल्किएको आगोले एक घर जलेर नष्ट

काठमाडौं । गुल्मीमा विद्युतको तारबाट खरबारीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । रूरूक्षेत्र गाउँपालिका ५ को खरबारीमा सल्किएको आगोले गिरिबहादुर श्रेष्ठको घर जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।

विद्युतको तारबाट खरबारीमा आगलागी हुँदै घरमा पुगेको थियो । आगलागीबाट घरमा रहेका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीले आगलागी नियन्त्रणमा लिएका थिए ।

गर्मी र सुख्खा याम सुरु भएसँगै जिल्लाका दर्जन बढी स्थानका सामुदायिक वनजंगलमा आगलागी भइरहेको छ । आगलागीबाट करोडौंको क्षति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय