काठमाडौं । गुल्मीको इस्मा गाउँपालिमा भएको आगलागीबाट १ सय ९९ नागरिक प्रभावित भएका छन् । यहि वैशाख ८ गते शनिबार दिउँसो स्थानीय सामुदायिक जंगलबाट फैलिएको आगो बस्तीमा पुग्दा करोडौंको क्षति भएको थियो ।
आगोलागीबाट घर गोठ जलेर नष्ट हुँदा १९९ जना नागरिक प्भावित भएका हुन् । घर जल्दा खुल्ला आकाश मुनी बस्न बाध्य नागरिम अहिले छिमेकीको घरमा आश्रय लिएर बस्दै आएका छन् ।
आगोलागीबाट इस्मा गाउँपालिकाका विभिन्न वडाहरुमा क्षति पुगेको छ । गाउँपालिकाको वडानम्बर–२ को सिदुङखा, हाडीखोला, मैनडाँडा, वडानम्बर–४ को कोटकोटेरी टिम्लेखर्क, मडकिन र वडानम्बर–६ को बुल्ममा आगोलागीबाट २६ वटा घर गोठ जलेर नष्ट भएका छन् । त्यस्तै ४९ वटा गोठ जलेर नष्ट भएका छन् ।
यस्तै, रोटरी क्लव गुल्मी रेसुङ्गा, र कपडा तथा फेन्सी व्यवसायीले खाद्यन्न, कपडा, बाल्टी, जग लगायतका सामाग्रीहरु सहयोग गरेका छन् । त्यस्तै गुल्मी उद्योग वाणिज्य संघ, विभिन्न स्थानका सम्पर्क मञ्च लगायत अरु धेरै संघसंथाले सहयोग गरेका छन् ।
राहत वितरणका लागि एकद्धार प्रणालीबाट प्रदान गरिएको छ ।

