स्वदेश फर्किए कतारका राजा

काठमाडौं । आफ्नो नेपाल भ्रमण पूरा गरेर कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन्। नेपालको दुई दिने भ्रमणका लागि हिजो अपरान्ह काठमाडौं आएका राजा आज दिउँसो स्वदेश फर्किएका हुन्।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका हुन् ।

यहाँ रहँदा थानीले राष्ट्रपति, प्रधानमन्त्रीलगायतसँग उच्चस्तरीय भेटवार्ता गरेका छन् भने उक्त भेटमा दुईदेशबीच सहकार्यका सम्बन्धमा विभिन्न सहमतिमा हस्ताक्षरतसमेत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय