सामान्य रह्यो आज शेयर बजार

काठमाडौं । शेयर बजार आज सामान्य रहेको छ । नेप्से परिसूचक आज शून्य दशमलव १५ अङ्कले बढेर एक हजार नौ सय ६९ दशमलव १७ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, फाइनान्स, उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको शेयर घटेकोमा बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज तीन सय १३ वटा कम्पनीको ७२ लाख ८४ हजार कित्ता शेयर दुई अर्ब ५३ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनीको ६३ करोड ३० लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर