काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त बिनाविभागीयमन्त्री रनसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
बुधबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सत्तासाझेदार नेकपा माओवादी केन्द्रको तर्फबाट मन्त्री नियुक्त परियार सो पार्टीको प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक थिए ।
गत चैत २७ गते एमाले प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीकर्णाली प्रदेशको मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री बनेको १५ दिनपछि बुधबार मन्त्रिपरिषद् विस्तार गरेसँगै कँडेलले आज बिहीबार विश्वासको मत लिने तयारी गरेका छन् ।

